बझाङमा एमालेका भण्डारी अघि बढ्दै, काँग्रेस पछ्याउँदै
धनगढी । बझाङ प्रदेश सभा (१)मा नेकपा एमालेका उम्मेदवार दमन भण्डारीले मतान्तर बढाउँदै लिएका छन् ।
भण्डारीले १० हजार ५६१ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले १० हवार ४७० मत ल्याएका छन्। एमालेका भण्डारी ९१ मतसहित अगाडि छन्।
जिल्लाको तलकोटको १, २ र ३ वडाको मतगणना हुँदा भण्डारीले कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाईपछि पार्दै ९ मतले अगाडि बढेका थिए। त्यसपछि उनले अग्रता बढाउँदै लिएका हुन् ।
यस्तै माओवादीका जनकबहादुर बुढाले ३७२३ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २४६० मत ल्याएका छन्।
१७ वैशाख २०८१, सोमवार १२:५६ बजे प्रकाशित































