सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
धनगढी । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको सामान्य बढेका छ ।
सुन आज तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो प्रतितोला एक लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
१७ वैशाख २०८१, सोमवार ११:२८ बजे प्रकाशित































