punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

इलाम २ मा मतान्तर बढाउँदै सुहाङ, कसको कति पुग्यो ?

Chaupati
safha napa

धनगढी । प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाउँदै गइरहेका छन् ।

उनी आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा २ हजार ८५३ मतले अगाडि पुगेका छन् ।

सुहाङले ९ हजार ४८४ मत पाएका छन् भने खड्काले ६ हजार ६३१ मतसहित पछ्याइरहेका छन् ।

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ४ हजार ०५१ मतसहित तेस्रो स्थानमा छन् भने रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ हजार ४०१ मत पाएका छन् ।


१७ वैशाख २०८१, सोमवार १०:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु