बझाङमा कांग्रेस उम्मेदवार सिंहको अग्रता कायमै
चैनपुर । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहको अग्रता कायमै रहेको छ ।
हालसम्मको मत परिणामअनुसार कांग्रेसका उम्मेदवार सिंहले आठ हजार ८७४ मत प्राप्त गरेका छन् । एमालेका दमनबहादुर भण्डारीले आठ हजार ६१५ र नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले तीन हजार २१५ मत पाएका छन् ।
चौथोमा रहेको नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार ३१० मत प्राप्त गरेका छन् ।
हालसम्म सो निर्वाचन क्षेत्रमा २३ हजार ३७३ मत गणना सकिएको छ । बझाङमा शनिबार भएको उपनिर्वाचनमा ३० हजार ३२८ मत खसेको छ ।
१७ वैशाख २०८१, सोमवार ०९:५१ बजे प्रकाशित































