punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु

Chaupati
safha napa

काठमाडौं ८, साउन । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका–६ का ७० वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको हो।

६ साउनमा अस्पताल भर्ना भएका ती बृद्धको हिजो मृत्यु भएको हो । उनको मृत्यु पश्चात कोरोना पुस्टी भएको पर्सा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए।

बुधबार वीरगञ्जमा संक्रमणबाट मृत्यु भए सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ। तर, यसबारे औपचारिक जानकारी भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिइसकेको छैन ।


८ साउन २०७७, बिहीवार ०८:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु