जन्मदिनमा पत्रकार कुँवरले गरे हेल्प अछाम र क्यान्सर पीडितलाई सहयोग
अछाम, साउन ८ । प्रेस संगठन सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा रेडियो जनप्रिय एफएमका स्टेशन म्यानेजर तपेन्द्र कुँवरले जन्मदिनको अवसरमा सामाजिक कार्यमा क्रियाशिल संस्था र क्यान्सर पीडितलाई सहयोग गरेका छन् ।
जन्मदिनमा गरिने फजुल खर्च जोगाएर कुँवरले सामाजिक क्षेत्रमा क्रियाशिल संस्था हेल्प अछाम र क्यान्सर पीडित भक्त विकलाई सहयोग गरेका हुन् । उनले हेल्प अछामलाई पाँच हजार र क्यान्सर पीडित विकलाई एक हजार पाँच सय सहयोग गरेका छन् । जन्मदिनलाई उत्सवका रुपमा मनाइने भएपनि फजुल खर्च कम गरेर सामाजिक क्षेत्रमा लगाउनुपर्ने उनले बताए ।
जन्मदिनमा हुने फजूल खर्च परोपकारी र सामाजिक कार्यमा गरिने सहयोगले समाजमा पनि सकरात्मक सन्देश दिएकोे हेल्प अछामका अध्यक्ष हिमाल कुँवरको भनाई रहेको छ । हेल्प अछामले कोरोना भाइरसबाट समस्या परेका व्यक्तिलाई सहयोग गर्दै आएको छ ।
८ साउन २०७७, बिहीवार ०७:१७ बजे प्रकाशित































