punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमण : एकैदिन ६०९ जना डिस्चार्ज

Chaupati
safha napa

काठमाडौं, साउन ६ । नेपालमा कोरोना संक्रमित निको भएर घर फर्किनेक्रम बढ्दै गइरहेको छ । आज एकैदिन ६०९ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

आज १५० जनामा कोरोना संक्रमण पुष्टि हुँदा ६०९ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा हालसम्म १२ हजार ४ सय ७७ जना उपचारपछि निको भएका छन्।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १५० जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। योसहित नेपालमा संक्रमितको संख्या १७ हजार ९ सय ९४ जना पुगेको छ। हालसम्म कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भइसकेको छ ।


६ साउन २०७७, मंगलवार ११:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु