punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा थप ३२ जनामा कोरोना पुष्टि, कति पुग्यो संक्रमितको संख्या ?

Chaupati
safha napa

धनगढी, साउन ६ । सुदूरपश्चिममा आज थप ३२ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज डडेल्धुरा, धनगढी र शिक्षण अस्पतालमा भएको परीक्षणमा सुदूरपश्चिममा ३२ जनामा कोरोना पुष्टि भएको हो।

डडेल्धुरामा भएको परीक्षणमा चार जना, शिक्षण अस्पतालमा एक जना र धनगढीमा भएको परीक्षणमा २७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ८८ जनाको कोरोना परीक्षण भएकोमा २७ जनामा संक्रमण पुष्टि भएको हो।

धनगढीमा भएको परीक्षणमा कञ्चनपुरका २० जना, बझाङका चार जना र कैलालीका तीन जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बतांए । डडेल्धुरामा भएको परीक्षणमा डोटीका चार र शिक्षण अस्पतालमा भएको परीक्षणमा कैलालीका एक जनामा कोरोना पुष्टि भएको हो ।

कञ्चनपुरको बेदकोट नगरपालिकाका सात पुरुष र चार महिला गरी ११ जना, शुक्लाफाँटा नगरपालिकाका पाँच पुरुष र एक महिला गरी ६ जना, लालझाँडी गाउँपालिकाका तीन पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ११ का दुई पुरुष र एक महिलामा समेत कोरोना पुष्टि भएको उनले बताए। उता बझाङको जयपृथ्वी नगरपालिका वडा नम्वर ३ का दुई महिला र एक पुरुष तथा छव्वीसपाथिभेरा गाउँपालिका वडा नम्वर ६ का एक पुरुषमा कोरोना पुष्टि भएको छ।

योसैगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार एक सय २७ पुगेको छ। संक्रमण पुष्टि भएका दुई हजार एक सय २९ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भइसकेको छ।


६ साउन २०७७, मंगलवार ११:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु