punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आजबाट सोह्र श्राद्ध शुरु

Chaupati
safha napa

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ। सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षलाई पितृपक्षका रूपमा मनाउँछन्। औँसी अर्थात् पर्वमा गरिने श्राद्धको स्वरूप भएकाले यसलाई पार्वण श्राद्ध पनि भनिन्छ।

आमाबाबु नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार मानेर श्राद्ध गर्छन्। तिथिमै गर्न नसके अन्तिम दिन ‍‍औँसीमा श्राद्ध गर्ने परम्परा छ। यो पक्षका १५ दिनमा अघिल्लो वा पछिल्लो पक्षको एक तिथिसमेत समावेश गरी सोह्र तिथिमा श्राद्ध गरिने भएकाले सोह्र श्राद्ध भनिएको धर्मशास्त्री डा. रामचन्द्र गौतमले बताए।

भाद्रशुक्ल पूर्णिमादेखि आश्विनकृष्ण औंसी वा आश्विनकृष्ण प्रतिपदादेखि आश्विनशुक्ल प्रतिपदासम्मका तिथिलाई लिएर सोह्र दिन पुर्‍याइन्छ। यी १६ तिथिमध्ये आफ्ना पितृ दिवंगत भएको एक तिथिमा श्राद्ध गर्ने परम्परा छ।

मृत्यु भएको तिथिमा गरिने वार्षिक श्राद्धमा एक जनालाई मात्र पिण्ड दिइन्छ भने सोह्रश्राद्धमा पिता (बुबा) तर्फका तीन र माता(आमा) तर्फका तीन पुस्तालाई सम्झिइन्छ।

यो पक्षमा गरिने श्राद्ध अपराह्नमा गर्नुपर्ने विधान छ।​ पञ्चांग निर्णायक विकास समितिबाट स्वीकृतिप्राप्त पात्रोमा शनिबार प्रतिपदा तिथि २० घडी ८ पला अर्थात् दिउँसो १ बजेर ५९ मिनेटसम्म छ। पञ्चांगअनुसार प्रतिपदा र द्वितीयाका श्राद्ध एकैदिन परेको छ। तिथि घटबबढ हुँदा प्रतिपदा र द्वितीया श्राद्ध एकैदिन परेको समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले बताए।

सोह्रश्राद्ध लागेसँगै काठमाडौंको वागमती, गोकर्णेश्वर र शंखमूल, चितवनको देवघाट, नुवाकोटको वेत्रावतीलगायत नदी किनारमा श्राद्ध, तर्पण गर्नेको घुइँचो लाग्छ। सोह्रश्राद्ध असोज २७ गते शनिबार नै पूरा हुनेछ।


१३ असोज २०८०, शनिवार ०९:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु