punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीबाट ७ जना जुवाडे र दुई यौनकर्मीसहित होटेल सञ्चालक पक्राउ

Chaupati
safha napa

कैलालीको धनगढीबाट जुवा खेलिरहेका सात जना जुवाडे पक्राउ परेका छन्। शुक्रबार धनगढी उप-महानगरपालिका वडा नम्बर २ स्थित चौराहामा रहेको एक घरबाट गोप्य सुचनाको आधारमा उनीहरु समातिएका हुन्।

वडा प्रहरी कार्यालय धनगढीको टोलीले एक घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा छापा हान्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार सो क्रममा सात जना जुवाडेसहित नगद १ लाख ६४ हजार ३ सय ८० रुपैयाँ, ९ थान मोबाइल र ३ गड्डी तास बरामदसमेत बरामद गरिएको छ।

पक्राउ पर्नेमा बाजुरा हिमाली गाउँपालीका ४ का ३७ बर्षिय चक्र मल्ल, धनगढी उपमहानगरपालीका ४ चौराहाका ५० बर्षिय दिपेन्द्र भण्डारी, कैलालीको धनगढी १३ का ३९ बर्षिय रमेश बिष्ट, कैलालीको गोदावरी नरपालीका २ का ३० बर्षिय सुन्दर बिष्ट, कैलालीको धनगढी २ मिलन चोकका ४८ बर्षिय आनन्द केसी, बाजुरा बुढीगंगा घरभई हाल धनगढी बस्ने ५० बर्षिय मन्नाम बिष्ट र बझाङ्ग दुर्गाथली ४ का ३५ बर्षिय ऐन भण्डारी रहेका छन् ।

अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताए। यस्तै शुक्रबार धनगढी चटकपुर स्थीत जिरो प्वाइन्ट होटेलबाट २ जना यौनकर्मी सहित होटेल सञ्चालक जगदीश जोशी पक्राउ परेका छन्। होटेलमा यौन क्रियाकलाप भैरहेको भन्ने गोप्य सुचनाको आधारमा बडा प्रहरी कार्यालय धनगढीले छापा हानेको थियो । हापा हानि उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

 


६ असोज २०८०, शनिवार १०:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु