punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछाममा खुकुरी र गाँजासहित पाँच बालक पक्राउ

Chaupati
safha napa

अछाममा गाँजा र खुकुरीसहित पाँच जना बालक प्रकाउ परेका छन्। बिहिवार दिउँसो जिल्ला प्रशासन कार्यालय अगाडिबाट उनीहरुलाई गाँजा र खुकुरीसहित प्रकाउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय अछाम सूचना अधिकारी प्रहरी निरिक्षक राजेन्द्र साउदले प्रकाउ परेका १२ देखि १५ वर्षसम्म बालक रहेको बताए। उनीहरूको साथबाट केही मात्रमा गाँजा फेला परेको र त्यो मुद्‍दा चलाउन पर्याप्त नभएकोले सम्झाई बुझाई परिवारको जिम्मा लगाउने तयारी भईरहेको उनले बताए।


२२ भदौ २०८०, शुक्रवार १५:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु