punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका ५ महिलाको इलामबाट उद्धार,भारत लैजाने गिरोहका तीन जना पनी पक्राउ

Chaupati
safha napa

भारत लैजाँदै गरेका सुदूरपश्चिमका पाँच महिलाको इलामबाट उद्धार गरिएको छ । इलामको नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरबाट भारत लैजाँदै गर्दा उद्धार गरिएको हो ।

सोधीखोजी गर्ने क्रममा झापामा काम लगाउने बहाना बनाएर सीमाना कटाउन लागेको थाहा पाएपछि प्रहरी, माइती नेपाल सहितको निगरानी टोलीले ती महिलाको उद्धार गरेको माइती नेपाल पशुपतिनगरका प्रमुख होम ढकालले जानकारी दिए ।उद्धार गरिएका महिलामा कञ्चनपुरका दुई, दार्चुला एक, बैतडी एक र अछामका एक जना रहेको इलामका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले जानकारी दिए ।

उनले राती आठ बजेको समयमा सीमाना कटाउन लाग्दा शङ्कास्पद गतिविधि देखिएपछि सोधखोज गर्दा दलालले सीमाना कटाएर सिलिगडी लैजान लाग्दा महिलाको उद्धार गर्न सफल भएको जानकारी दिए ।उद्धार गरिएका महिला १६ देखि ३० वर्ष उमेर समूहका छन् । प्रजिअ पोख्रेलका अनुसार महिलालाई यौन धन्दामा प्रयोग गर्न पशुपतिनगर नाका हुँदै लैजाने गरिएको छ भने पुरुषलाई समेत विभिन्न कामको प्रलोभन देखाएर शरीरका विभिन्न अङ्ग बिक्री गर्नका लागि भारत लैजाने गरिएको छ ।

इलामका प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुका अनुसार बेचबिखनका लागि भारत लैजाने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महिलालाई भारत लैजाँदै गर्दा पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका ३ का १९ वर्षीय उपेन्द्र बडू, दार्चुलाकै मालिकार्जुन गाउँपालिका ४ का २० वर्षीय सीता धामी र कञ्चनपुर देवकोट नगरपालिका २ का १९ वर्षीय सुशीला धामी छन् ।

पक्राउ गरिएका तीनै जनालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक जवेगुले जानकारी दिए ।माइती नेपाल पशुपतिनगरका प्रमुख होम ढकालले उद्धार गरिएका पाँच जनामध्ये तीन जनालाई माइती नेपाल र स्थानीय प्रहरीले परिवारको जिम्मा लगाएको छ । दुई जनालाई माइती नेपालको केन्द्रीय कार्यालय काठमाडौँ पठाइएको छ ।


२२ भदौ २०८०, शुक्रवार १५:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु