punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सडकमाथिबाट खसेको ढुङ्गाले टाउकोमा लाग्दा डडेल्धुराका एक किशोरको मृत्यु

Chaupati
safha napa

धनगढी । सडकमाथिबाट खसेको ढुङ्गाले टाउकोमा लाग्दा डडेल्धुराका एक किशोरको मृत्यु भएको छ।  प्रहरीका अनुसार गन्यापधुरा गाउँपालिका–२ रडुवास्थित केआई सिंह राजमार्गमा सडक माथिबाट खसेको ढुङ्गाले मोटर साइकलको पछाडी सवार रहेका  डडेल्धुराको अमरगढी नगरपालिका–४ का १८ वर्षीय राकेश ऐरको मृत्यु भएको हो ।

दिपायलबाट डडेल्धुरातर्फ आउँदै गरेको म.१ प.८८३० नम्बरको मोटरसाइकलको पछाडि सवार ऐरको टाउकोमा शनिवार माथिबाट खसेको ढुङ्गा लागेका थियो।

टाउकोमा चोट लागेर गम्भीर घाईते भएका उनलाई डडेल्धुरा अस्पतालले धनगढीस्थित निसर्ग अस्पतालमा रेफर गरेपनि आइतवार बिहान मृत्यु हो।

मोटरसाइकल चालक डडेल्धुराको अमरगढी नगरपालिका–४ का ३५ वर्षीय नरेन्द्र पनेरु भने सकुशल रहेको प्रहरीले जनाएको छ।


२४ भदौ २०८०, आइतवार १०:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु