punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा ११ जना बिरामी विषालु च्याउ खाँदा

Chaupati
safha napa

 

डोटीको दिपायल सिलगढी नगरपालिका- ५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी भएका छन् ।

बिरामी हुनेमा दिपायल सिलगढी- ५ इन्द्रचोकका अनमोल डुरा, वासु बोगटी, गंगा डुरा, एलिजा डुरा, मीना बोगटी, सुनील खड्का, सकुन्तला खड्का, निशा बोगटी, बर्मा देवल, बबर देवल र सानु बोगटी रहेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।बिरामी भएका सबैलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए। उनीहरूको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ।


२४ असार २०८०, आइतवार १५:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु