punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेशका पहाडी ६ जिल्लाको विद्युत सेवा बन्द

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका पहाडी ६ जिल्लाको विद्युत सेवा बन्द भएको छ । नेपाल विद्युत प्राधिकरण, प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जंगबहादुर चन्दका अनुसार दार्चुला बाहेकका जिल्लामा विद्युत सेवा बन्द भएको हो ।

आइतवार बिहानदेखि ६ पहाडी जिल्लाको विद्युत सेवा बन्द भएको हो । डोटीको रुवसकाँडामा एक सय ३२ केभी प्रशारण लाइनको तार टुटेपछि विद्युत सेवा अवरुद्ध भएको हो ।

अत्तरियादेखि स्याउले सव स्टेशन जोड्ने ट्रान्समिसन लाइनको रुवसकाँडास्थित टावरको एउटा तार टुटेको हो। मर्मतका लागि समय लाग्ने देखिएको छ । विद्युत सेवा अवरुद्ध हुँदा पहाडी जिल्लाका उपभोक्ता समस्यामा परेका छन् ।


२४ असार २०८०, आइतवार १५:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु