punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष गाहामगर आइसीसीविरुद्ध सर्वोच्च अदालत जाने

Chaupati
safha napa

लन्डन । गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहामगर एनआरएनए आइसीसीविरुद्ध सर्वोच्च अदालत जाने भएका छन् ।

आफू निर्वाचित अध्यक्षलाई एनआरएनए केन्द्रले पूर्वाग्रही ढंगबाट वर्खास्त भएको पत्र पठाएर सुनिलबाबु खड्कालाई अध्यक्ष बनाएपछि गाहामगरले उच्च अदालतमा मुद्दा हालेका थिए ।

तर, आज उच्च अदालतले एनआरएनएको केन्द्र विरुद्धको रिट खारेज गरेपछि गाहामगर सर्वोच्च जाने भएका हुन् ।

‘नेपालको न्यायालय बिक्दैन भन्ने विश्वास मलाई छैन् तर झिनो आशा लिएर म सर्वोच्च जान्छु’, गाहामगरले भने, ‘उच्च अदालतको पूर्ण पाठ आउन २० दिन जति लाग्ने रहेछ । त्यसपछि म सर्वोच्च अदालत जानेबारे मेरा कानूनविदहरुसंग सल्लाह गरिसकेको छु ।’

एनआरएनए पदाधिकारीले पटक-पटक पेशी सारेपछि त्यहां चलखेल हुने आशंका आफूलाई पहिल्यै भइसकेको भन्दै अध्यक्ष गाहामगरले यो लडाईं नटुंगिएसम्म पछाडि नहट्ने बताए ।’म आफ्नै खर्चमा उच्च अदालत गएं, अब सर्वोच्च जान्छु । तर भ्रष्ट एनआरएनका टिकेहरु संस्थाको पैसामा हालीमुहाली गरेका छन् । विश्वभरका एनआरएनहरुले पठाएको लेभीबाट न्यायधिशहरुलाई घुस ख्वाएर फैसला आफ्नो पक्षमा पार्न उद्यत छन्’, उनले आक्रोश पोखे ।

गाहामगरले केही महिनाअघि गैरआवासीय नेपाली संघले आफूलाई गैरकानूनी रुपमा वर्खास्त गरेको भन्दै अध्यक्ष कुल आचार्य, रविना थापा, डा. बद्री केसी, महासचिवद्धय डा. केशव पौडेल, गौरीराज जोशी र गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयलाई प्रतिवादी बनाएर उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

‘नक्कली भुटानी शरणार्थी देवराज आचार्य (चिरन शर्मा) को अनलाइनले सर्वोच्च अदालतले रिट खारेज गरेको भनेर भ्रामक समाचार लेखेछ । म उसलाई पत्रकारिता सिक्न बरु आफैंले तालिम खर्च दिलाइदिन्छु’, उनको आक्रोश थियो ।

एनआरएनए केन्द्रकै आधिकारिताबारे मुद्दा विचाराधिन रहेकाले उसको निर्देशन आफूमात्र होइन, बेलायतका पञ्जीकृत सदस्यहरुले समेत नमान्ने उनले बताए ।


२१ असार २०८०, बिहीवार ०६:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु