punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज वर्षको सबैभन्दा लामो दिन

Chaupati
safha napa

काठमाण्डाै । आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्ने र वर्षको सबैभन्दा लामो दिन हुने भएको छ । पृथ्वी र सूर्यबीचको दूरी झण्डै १५ करोड किलोमिटर छ ।

बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका अनुसार आज पृथ्वी र सूर्यबीचको दूरी झण्डै १५ करोड २० लाख किलोमिटर रहनेछ । पृथ्वी सूर्यभन्दा टाढा पुग्ने क्रियालाई सूर्यदुरुस्थ भनिन्छ ।

वर्षमा एक पटक पृथ्वी सूर्यको सबैभन्दा टाढा पुग्ने समितिले जनाएको छ । समितिका अनुसार पृथ्वी सूर्यको टाढा पुग्दा पृथ्वीको घुम्ने गति कम हुन्छ, यसले गर्दा दिन लामो हुन्छ ।

सूर्यको नजिक पुग्दा पृथ्वीको घुम्ने गति छिटो हुन्छ । आज उत्तरी ध्रुवमा सबैभन्दा धेरै गर्मी हुने सम्भावना रहेको पनि समितिले जनाएको छ  । सामान्यतया जुन २१ तारिखलाई वर्षको लामो दिन र डिसेम्बर २१ तारिखलाई वर्षको सबैभन्दा छोटो दिन मानिन्छ ।


२१ असार २०८०, बिहीवार ०९:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु