punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको प्रारुपमा सञ्चालनको लागि सडक बहस हुने

Chaupati
safha napa

धनगढी । गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको प्रारुपमा सञ्चालनको लागि सडक बहस हुने भएको छ । सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले शनिवार सडक बहस गर्ने भएको हो।

शनिवार बिहान ८ बजे गेटामा निर्मित संरचनाको मुख्य प्रवेशद्वार अगाडि सडक बहस गरिने संघर्ष समितिका संयोजक लोकराज पाण्डे आगो ले बताए। सडक बहसमा सहभागी हुन संयोजक पाण्डेले सर्वसाधारणलाई आग्रह गरेका छन्।

सडक बहसमा सहभागी हुन धनगढीका नगरप्रमुख गोपाल हमाल, गेटा मेडिकल पूर्वाधार निर्माण समितिका कार्यकारी निर्देशक हेमराज पुजाराको सहभागिता रहने पाण्डेले बताएका छन्। गेटामा विश्वविद्यालय स्थापना गर्न गठित संघर्ष समितिले शुक्रवारबाट विभिन्न आन्दोलनका कार्यक्रम गरिरहेको छ।


१९ जेठ २०८०, शुक्रवार २०:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु