महाकालेश्वर मन्दिर पुगेर प्रचण्डले गरे पूजाअर्चना

काठमाडौं ।भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज भारतको मध्य प्रदेश पुगेर महाकालेश्वर मन्दिरमा पूजाअर्जना गरेका छन् ।

उज्वेनस्थित महाकालेश्वरलाई हिन्दूहरुले १२ मध्ये एक ज्योतिर्लिङ्गका रुपमा पूजा गर्ने गर्छन् ।

दौरासुरुवालमाथि गेरुवस्त्र लगाएका प्रधानमन्त्री प्रचण्डलाई विशेष पूजा अर्चना गर्न त्यहाँका पुजारीहरुले सहयोग गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उर्जामन्त्री शक्ति बस्नेत, उद्योग मन्त्री रमेश रिजालले पनि पूजाअर्चना गरेका छन् । प्रधानमन्त्री प्रचण्डसँगै अरु मन्त्रीहरुले पनि गेरुवस्त्रमा पूजा गरेका छन् ।


१९ जेठ २०८०, शुक्रवार १८:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु