punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गेटालाई विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलन, सांसद बलायर विरुद्ध नाराबाजी

Chaupati
safha napa

कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णयबाट सरकार पछि हटेपछि आन्दोलन सुरु भएको छ । नेकपा एमालेले सरकारले गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने गरेको निर्णय कार्यान्वयनको माग गर्दै आन्दोलन सुरु गरेको हो ।

गत माघ २९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णय अनुसार बजेट नआएपछि केही दिन देखी कैलालीमा आन्दोलन सुरु भएको छ ।

आज दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने भन्दै तयार भइरहेका संरचना अघि एमालेले विरोध जुलुस निकालेको हो । नाराबाजी सहित निकालिएको ¥यालि कोण सभामा परिणत भएको थियो ।

उनीहरुले कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका सांसद वीर बहादुर बलायरको दबाबमा गेटालाई विश्वविद्यालय बाट सय शय्याको अस्पतालमा घटुवा गरेको आरोप लगाएका हुन् ।
‘यहाँबाट निर्वाचित सांसद मेडिकल माफियासँग मिले ’ एमाले प्रदेश कमिटीका सचिवालय सदस्य दामोदर रिजालले भने ‘वीर बहादुर बलायरले हामी माथि अन्याय गरे ।’

¥यालीमा समेत सांसद बलायरलाई मेडिकल माफियासँग मिलेको भन्दै विरुद्ध नाराबाजी गरिएको थियो ।
बलायर कांग्रेस प्रदेश सभापति समेत हुन् । उनकै दबाबमा सरकार विश्वविद्यालय बनाउने निर्णयबाट पछि हटेर बजेट भाषणमा प्रतिष्ठान चलाउन बजेटको व्यवस्था गरिने कुरा उल्लेख गरिएको आरोप छ ।

उनले जेठ १ गते प्रतिनिधि सभाको शून्य समयमा बोल्दै मेडिकल विश्वविद्यालय सञ्चालन गर्ने कुरा अचम्मलाग्दो भएको बताएका थिए ।उनकै निर्वाचन क्षेत्रमा बन्न लागेको विश्वविद्यालयप्रति नकारात्मक टिप्पणी गरेपछि उनीमाथि प्रश्न चिन्ह खडा गरेको छ ।

उनले भनेका थिए, ‘ननटेक्निकल युनिभर्सिटी सञ्चालन गर्नलाई धौ धौ परिरहेको बेलामा किन सुदूरपश्चिमका जनतामाथि अन्याय भयो, मेडिकल विश्वविद्यालय खोल्ने रु वडा अचम्म छ १ मेडिकल विश्वविद्यालय खोलेर चलाउने के नेपालको अहिले सामर्थ्य छ रु त्यसैले मेडिकल कलेज सञ्चालन गर्नुपर्छ ।’

सरकारले गेटामा भवन निर्माण गर्न करिब ६ अर्ब खर्च गरेको छ । ६ सय शय्याको अस्पताल चलाउन भौतिक पूर्वाधार तयार भए पनि सय शय्याको अस्पताल चलाउन बजेट आउने भएपछि यहाँका स्थानीय आन्दोलित भएका हुन् ।


१९ जेठ २०८०, शुक्रवार २१:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु