punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका ८८ स्थानीय तहको अनुदान बजेटमा दुई अर्बले कटौति

Chaupati
safha napa

संघीय सरकारले सदूरपश्चिम प्रदेशलाई दिँदै आएको अनुदान रकममा १९ करोड बढीले कटौति गरेको छ। साथै प्रदेशभित्रका ८८ पालिकाहरुलाई दिँदै आएको अनुदान रकममा पनि संघीय सरकरले दुई अर्ब बढीले अनुदान रकममा कटौति गरेको हो। आर्थिक वर्ष २०८०/८१ को बजेटमा संघीय सरकारले सुदूरपश्चिम प्रदेश सरकारलाई दिने अनुदानमा कटौति छ।

सुदूरपश्चिम प्रदेशलाई चालु आर्थिक वर्षभन्दा आगामी आर्थिक वर्षका लागि १९ करोड ५६ लाख रुपैयाँले कटौति गरिदिएको छ। चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारका लागि १४ अर्ब ६१ करोड ७५ लाख वित्तीय हन्तान्तरण विनियोजन गरेकोमा आगामी आर्थिक वर्षका लागि १४ अर्ब ४२ करोड १९ लाख विनियोजन भएको छ।

त्यस्तै प्रदेशमा पुँजीगततर्फ ३ अर्ब ९९ करोड २५ लाख तथा चालुतर्फ १० अर्ब ४२ करोड ९४ लाख रुपैयाँ विनियोजन गरिएको छ। समानीकरण अनुदान ८ अर्ब ५२ करोड तीन लाख, सशर्त अनुदान चार अर्ब ५१ करोड १६ लाख, विशेष अनुदान ६२ करोड र समपूरक अनुदान ७७ करोड सुदूरपश्चिम प्रदेशले पाउने भएको छ।

चालु आर्थिक वर्षमा समानीकरण अनुदान ९ अर्ब ७५ लाख, सशर्त अनुदान ६ अर्ब ९८ करोड ८० लाख, विशेष अनुदान ७९ करोड ७८ लाख र समपुरक अनुदान ७६ करोड ५० लाख विनियोजन गरेको थियो। प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा योजना आयोग, प्राकृति स्रोत तथा वित्त आयोग, अर्थमन्त्री, प्रधानमन्त्री लगायतलाई भेटेको टोलीले समानीकरण अनुदान बढाउन माग गरेको थियो। तर सो अनुदान एक अर्ब भन्दा बढीले घटेको छ भने सशर्त अनुदान दुई अर्बले बढेको छ।

संघीय सरकारले यहाँका ८८ स्थानीय तहहरुले पाउने अनुदान चालु आर्थिक वर्षको भन्दा आगामी वर्ष २ अर्ब ८ करोड ९४ लाखले कटौति गरिदिएको छ। चालु आर्थिक वर्षका लागि यहाँका स्थानीय तहका लागि ३३ अर्ब ५२ करोड ७७ लाख वित्तीय हस्तान्तरण छुट्याएको संघीय सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४३ करोढ ८३ लाख मात्र दिने गरी बजेट विनियोजन गरेको छ।


१९ जेठ २०८०, शुक्रवार १६:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु