punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेशसभा :गेटा मेडिकल कलेज सञ्चालन गर्न ध्यानाकर्षण

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशसभाका सदस्यले गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको प्रारुपमा सञ्चालनको पहल गर्न सदनको ध्यानाकर्षण गराएका छन् ।

आज बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने सदस्यले नेपाल सरकार मन्त्रिपरिष्दले केही महिनाअघि गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरे पनि यसविपरीत सरकारको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट कार्यक्रममा उक्त कलेजलाई दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने कुरा आएको भन्दै आपत्ति जनाए ।

सदस्यले मल बीउबिजनको समयमै व्यवस्थापन गर्न, कारागारको क्षमता बढाउन, मुक्तकमैयाको उचित बसोबासको व्यवस्था गर्न ध्यानाकर्षण गराएका थिए ।

शून्य समयमा प्रकाश बम, अक्कलबहादुर रावल, शिवसिंह ओली, इन्दिरा गिरी, धर्मराज पाठकले आफ्ना धारणा राखेका थिए । बैठकमा सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको छ ।

 

 


१९ जेठ २०८०, शुक्रवार १५:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु