बझाङ घर भएका डीएसपीको नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली
काठमाडौं, असार ३१ । नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर सिंहको नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको खुलेको छ।
सिंहले जिल्ला प्रशासन कार्यालय बझाङबाट प्राप्त नेपाली नागरिकताको प्रमाण र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्म मिति सच्चाई ढाँटी झुठ्ठा विवरण उल्लेख गरी सरकारी लाभ सुविधा लिएको पाइएको आरोप पत्रमा उल्लेख छ ।
उनीविरुद्ध नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्म मिति सच्याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
उनले प्रहरी प्रधान कार्यालय नक्सालबाट विज्ञापन भएको प्रहरी निरीक्षक पद ओहदाको लागि दरखास्तका साथ झुट्टा विवरण पेश गरी सरकारी लाभ सुविधा लिएको पाइएको छ। उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय मागदाबी विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
३१ असार २०७७, बुधवार ०२:४६ बजे प्रकाशित













