दिपाश्रीको अभिव्यक्ति : अन्ततः राजेश हमाल आफै आए फेसबुक लाइभमा (भिडियोसहित)
काठमाडौं, असार ३१ । हास्यकलाकार दीपाश्री निरौलाले महानायक राजेश हमालको विषयमा दिएको अभिव्यक्तिलाई लिएर उनको आलोचना भएपछि अन्तिममा आफ्ना फ्यानलाई सम्झौता राजेश हमाल आफै फेसबुकमा आएका छन् ।
उनले दिपाश्रीको नामनै नलिएर आफ्ना फ्यानहरुलाई कसैलाई पनि असर नपर्ने गरि व्यवहार गर्न अनुरोध गरेका छन् ।
मध्यराति राजेश हमालले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियोमा दीपालाई माफी दिन आग्रह गरेका हुन्।
भिडियोमा उनले राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला भनेका छन् । उनले भिडियोमा दिपाश्रीको नाम लिएका छैनन् ।
उनले भनेका छन् ‘दर्शकहरूलाई म हृदयदेखि नै अनुरोध गर्न चाहन्छु, कि अलि फराकिलो भएर, वृहत चित्रलाई मनन् गरेर सकारात्मक हिसाबबाट मानवताको लागि कसैको मानवताको आँच नपुग्ने गरि अभिव्यक्ति प्रकट गरौं।’
मेरो अनुरोध..,
Rajesh Hamal ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಮಂಗಳವಾರ, ಜುಲೈ 14, 2020
३१ असार २०७७, बुधवार ०५:०७ बजे प्रकाशित













