punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पहिरो हेर्न गएका पूर्वगाविस अध्यक्षको पुरिएर मृत्यु

Chaupati
safha napa

स्याङ्जा, असार ३० । स्याङ्जामा पहिरो हेर्न गएका पूर्व गाविस अध्यक्षको पुरिएर मृत्यु भएको छ ।

जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ खहरे लाकुरीथोकमा पहिरोका कारण पूर्र्व बिर्घा गाविस अध्यक्ष ईमानसिंह रानाको मृत्यु भएको हो ।

७० वर्षीय राना छिमेकीसँगै सोमबार बेलुकी गएको पहिरो हेर्न बिहान साढे ९ बजे गएको बेला माथिबाट झरेको पहिरोले पुरिएको स्थनीयले बताएका छन् ।

त्यस्तै, पहिरोमा पुरिएर ३ जना बेपत्ता भएका छन् । घाइते वडा नम्बर ४ का वडा सदस्य होमनाथ पाण्डे र स्थानीय बीरबहादुर रानाको प्राथमिक स्वास्थ्य केन्द्र बिर्घामा उपचार भइरहेको छ।


३० असार २०७७, मंगलवार ०६:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु