आज सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
धनगढीं, असार ३० । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेर प्रतितोला ९२ हजार दुई रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ बढेर प्रतितोला ९ सय ९५ रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ९ सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
३० असार २०७७, मंगलवार ०५:५५ बजे प्रकाशित































