punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

६ फिल्म फ्लप भएपछि अक्षयले गरे नयाँ फिल्म घोषणा

Chaupati
safha napa

बलिउड अभिनेता अक्षय कुमारले नयाँ फिल्मको घोषणा गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत फिल्मको घोषणा गर्दै फर्स्ट लुक पोस्टर सार्वजनिक गरेका छन्। यो दक्षिण भारतीय फिल्म ‘सोरारई पोटरु’ को हिन्दी रिमेक हो। हिन्दी रिमेकको नाम खुलाइएको छैन।

सार्वजनिक पोस्टरमा अक्षयको छायाँमा विमान उडिरहेको देखाइएको छ। अक्षयले फिल्मको पोस्टर सेयर गर्दै लेखेका छन्, ‘हामी टेकअफ गर्नका लागि तयार छौं।’

यो फिल्म सन् २०२३ सेक्टेम्बर १ मा प्रदर्शन हुनेछ। फिल्ममा अक्षयसँगै राधिका मदान र परेश रावलको मुख्य भूमिका रहनेछ।

अक्षयको बक्स अफिसमा लगातार ६ फिल्म फ्लप भएको छ। उनको फिल्म ‘बच्चन पाण्डे, सम्राट पृथ्वीराज, रक्षा बन्धन, कठपुतली, राम सेतु र सेल्फी’ प्रदर्शन भएका थिए। तर कुनै पनि फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेनन्।

उनी आगामी फिल्म ‘बडे मियाँ छोटे मियाँ, ओएमजी २, क्यासुल गिल र गोरखा’ मा देखिनेछन्। यी फिल्मबाट उनी आशावादी छन्।


८ चैत २०७९, बुधवार १२:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु