punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वर्षकै सर्वाधिक रन बनाउने सूचीमा आशिफ दोस्रो, पहिलो को?

Chaupati
safha napa

नेपाली ब्याट्सम्यान आसिफ शेख सन् २०२३ मा एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन्।

उनले ११ खेलमा ४१० रन बनाएका छन्। विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी अन्तिम त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा आसिफले एक शतक र एक अर्धशतक बनाइसकेका छन्।

सन् २०२३ मा एक दिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने भारतका सुबमन गिल हुन्। उनले ६ खेलमा ५६७ रन जोडेका छन्।

तेस्रो स्थानमा रहेका इङ्ल्याण्डका जोस बटलरले ६ खेलमा ३७२ रन जोडेका छन्।

नेपालका कप्तान रोहित पौडेल ३४१ रनसहित चौथोमा छन्। ११ खेलमा ३११ रन जोडेका कुशल मल्ल सातौं र २८० रन बनाएका कुशल भुर्तेल १०औं स्थानमा छन्।

आसिफले सोमबार पीएनजीविरुद्ध २१ बलमा अविजित ५३ रनको पाली खेले। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफले ३४ खेलमा एक हजार ७३ रन जोडेका छन्।


२९ फागुन २०७९, सोमवार १८:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु