punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी उपमहानगरपालिका देशकै उत्कृष्ट, प्रधानमन्त्रीबाट मेयर हमालले ग्रहण गरे अवार्ड

Chaupati
safha napa

धनगढी देशकै उत्कृष्ट उपमहानगरपालिकाको अवार्ड पाएको छ । नेपाल नगरपालिका सङ्घले धनगढी उपमहानगरपालिकालाई उत्कृष्ट सहरको उपाधि दिएको छ ।

नगर सङ्घको ३०औँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले धनगढी उपमहानगरपालिकालाई उत्कृष्ट नगरपालिकाको रुपमा सम्मान गरेका छन् । धनगढीले संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका क्षेत्रमा उत्कृष्ट काम गरेका कारण उत्कृष्ट नगरपालिका अवार्डका लागि छानिएको नेपाल नगरपालिका सङ्घले जनाएको छ ।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई उत्कृष्ट नगरपालिकाको अवार्ड प्रदान गरेका हुन् ।


२९ फागुन २०७९, सोमवार १८:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु