punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

फागुन ३० गते कैलाली कञ्चनपुरमा खखडेहराको बिदा

Chaupati
safha napa

आगामी फागुन ३० गते कैलाली र कञ्चनपुरमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको छ ।
राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा बिदा दिने निर्णय गरेको हो ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गरेर कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिएको जानकारी गराइको हो ।

यस अघि चैत १ गते बिदा दिने निर्णय गरेको भए पनि अहिले फागुन ३० गते बिदा दिने गरी मिति संशोधन गरिएको जनाएको छ ।

कञ्चनपुर र कैलालीमा बसोबास गर्ने राना थारु समुदायले आफ्नो सबैभन्दा ठूलो महत्त्वपूर्ण पर्व होरीको अन्तिम दिनका रुपमा खखडेहरा मनाउँछन् । एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन राना थारु समुदायले खखडेहरा मनाउने गर्दछन् ।


२८ फागुन २०७९, आइतवार १९:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु