punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको जुवा अड्डामा प्रहरीको छापा,एक लाख रुपैयाँसहित चार जना पक्राउ

Chaupati
safha napa

कैलाली धनगढी उपमहानगरपालिका–३ बोराडाँडीमाबाट प्रहरीले एक लाख रुपैयाँसहित चार जना जुवाडे पक्राउ गरेको छ ।
चन्द फास्टफुडको कोठामा जुवा खेलिरहेको अवस्थामा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

पक्राउ पर्नेमा वीरेन्द्र चन्द, शेरबहादुर थापा, धन बहादुर खड्का र खडग बहादुर महरा रहेको प्रवक्ता चन्दले बताए । पक्राउ परेका एक जना फास्टफुड सञ्चालक हुन् ।

उनीहरुको साथबाट प्रहरीले एक लाख चार हजार रुपैयाँ समेत बरामद गरेको छ ।


२८ फागुन २०७९, आइतवार २१:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु