सुदूरपश्चिमको तराई क्षेत्रमा अपराह्नतिर हावाहुरी चल्ने
सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा तराईका केही स्थानमा आज अपराह्नतिर हावाहुरी चल्ने भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज यी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आंशिकदेखि सामान्य मौसम बदली भइ आज कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
कोसी र वागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
अहिले बिहान सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतस् सफा छ ।
भोलि सोमबार मौसम बदली भइ कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुनेछ। मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मंगलबार कोसी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार कोसी, वागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुनेछ।
२१ फागुन २०७९, आइतवार ०७:४९ बजे प्रकाशित































