punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पिएसजीको रोमाञ्चक जितमा एम्बाप्पेको कीर्तिमानी गोल

Chaupati
safha napa

पेरिस सेन्ट जर्मेन ९पिएसजी० ले फ्रेन्च लिग वानमा रोमाञ्चक जित निकालेको छ।

पिएसजीले घरेलु मैदानमा नान्टेसमाथि ४–२ को रोमाञ्चक जित निकालेको हो। पिएसजीको जितमा केलियन एम्बाप्पे, लियोनेलल मेसी र डानिलो पेरेइराले गोल गर। एक गोल उपहार पाएको थियो।

नान्टेसका लुडोभिक ब्लास र इग्नाटिएस गनागोले गोल गरेका थिए।

पार्क डेस प्रिन्सेसमा गएराति खेलको १२औं मिनेटमा मेसीले गोल गर्दै पिएसजीलाई सुरूआती अग्रता दिलाए। खेलको १७औं मिनेटमा जाओविन हड्जामले आत्मघाती गोल उपहार दिएपछि पिएसजको अग्रता दोब्बर भयो।

३१औं मिनेटमा लुडोभिक ब्लास्टले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ३८औं मिनेटमा गनागोले गोल गर्दै खेललाई पहिलो हाफमा २–२ गोलको बराबरीमा ल्याए।

६०औं मिनेटमा डानिलोले गोल गर्दै पिएसजीलाई पुनः अग्रता दिलाए।

त्यसपछि इन्ज्युरी समयमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई ४–२ को रोमाञ्चक जित दिलाए।

यो गोलसँगै एम्बाप्पे पिएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडीा बनेका छन्। उनले पिएसजीका लागि २०१ गोल गर्दै एडिन्सन काभानीको रेकर्डलाई पछि पारेका हुन्।

सन् २०१७ मा मोनाकोबाट विश्व कीर्तिमान मुल्यमा पीएसजी आएका एम्बाप्पेले चार वटा लिग वानको उपाधि जितिसकेका छन्। हरेक लिगमा गोल गर्ने शीर्ष खेलाडी भित्र परेका उनले यो सिजन मात्र ३० गोल गर्नुका साथै आठ असिस्ट गरेका छन्।

क्लबका लागि २४७ खेल खेलेका उनले यहाँ आएर आफूले धेरै सिकेको बताए।

यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको २६ खेलबाट ६३ अंक पुगेको छ। पिएसजीले दोस्रो स्थानको मार्सेलाई ११ अंकले पछि पारेको छ। पराजित नान्टेस २८ अंक जोडेर १३ औं स्थानमा झरेको छ।


२१ फागुन २०७९, आइतवार ०७:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु