punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज पाउलान् त विश्वासको मत, यस्तो छ दलहरूको अडान

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले आज विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे मुख्यमन्त्री शाहले विश्वासको मत लिने गरि प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।
अघिल्लो महिनाको २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोही अनुसार आज उनले विश्वासको मत लिँदै छन् ।

केन्द्रमा नयाँ समीकरण बनेसँगै उत्साहित मुख्यमन्त्री शाह प्रदेशको राजनीतिले भने तनावमा छन् । माओवादी र नागरिक उन्मुक्ति पार्टीले मत नदिने बताउँदा शाह नेतृत्वको सरकार सङ्कटमा देखिएको छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मत पाउन कम्तीमा २७ सांसद आवश्यक पर्छ। कांग्रेसका १९सहित नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सांसदको साथ भएपनि माओवादी केन्द्रका ११ र नागरिक उन्मुक्तिका ७ सांसद भने अझै अनिर्णीत छन् ।

७ सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले लिखित सम्झौता नभएसम्म विश्वासको मत नदिने बताएको छ। अध्यक्ष अध्यक्ष रञ्जिता श्रेष्ठले सम्झौताबिना मत नदिने बताएकी छन् ।

माओवादी केन्द्रको शनिबार बसेको संसदीय दलको पनि यथास्थितिमा विश्वासको मत दिन नसक्ने निर्णय गरेको संसदीय दलका नेता खगराज भट्टले बताएका छन् । माओवादीकै अर्का सांसद ओम विक्रम भाट सरलले भने त्यस्तो निर्णय नभएको बताएका छन् ।
संविधानको धारा १६८ को उपधारा ३ अनुसार अनुसार कांग्रेस संसदीय दलका नेता मुख्यमन्त्रीमा नियुक्त भएको थिए । उनको ४ अनुसार आज विश्वासको मत लिँदै छन् ।

आज मुख्यमन्त्री शाहले विश्वासको मत पाउन नसके उपधारा ५ अनुसार सरकार गठन प्रक्रिया अघि बढ्न सक्छ।
उपधारा ५ मा भनिएको छ, ‘(३) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२)बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ ।’

यो धारामा कुनै पनि प्रदेश सभा सदस्यले दाबी गर्न सक्ने छन् । ती सदस्यले पनि ३० दिनभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ । यस्तो अवस्थामा पनि विश्वासको मत प्राप्त गर्न नसके संसद् विघटन हुने र छ महिनाभित्र प्रदेशसभाको अर्को निर्वाचन सम्पन्न हुने गरी निर्वाचन मिति तोक्नेछ ।


२१ फागुन २०७९, आइतवार ०७:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु