punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टीकापुरलाई छुट्टै जिल्ला बनाउन, प्रदेशको नाम र राजधानी परिवर्तन गर्न रामचन्द्रलाई रेशम चौधरीको माग

Chaupati
safha napa

आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसँग भेटवार्ता गरेका छन् ।

केन्द्रीय कारागार डिल्लीबजारमा रहेका चौधरीलाई नेता पौडेलले भेटेका हुन् ।

उनले नेता पौडेललाई भोट हाल्नको लागि भेटवार्ताको क्रममा आफ्नो शर्त अघि सारेका छन् ।

उनले नेता पौडेलसमक्ष सुदुरपश्चिम प्रदेशको नाम खप्तड थरुहट प्रदेश राख्नुपर्ने, टीकापुरलाई छुट्टै जिल्ला घोषणा गर्नुपर्ने, गोदावरीमा रहेको राजधानीलाई टीकापुरमा राख्नुपर्ने, टीकापुर घटनाको दोषिलाई रिहाइ गर्नुपर्ने अडान राखेको स्रोतले बतायो ।

उनले आफ्नो रिहाई नभएसम्म नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने स्पष्ट सन्देश पठाएका छन् ।


१८ फागुन २०७९, बिहीवार १७:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु