punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा मृत फेला परेका जीवन बुडालको आफन्तले अझै बुझ्न मानेनन् शव

Chaupati
safha napa

बैतडीमा शनिबार मृत फेला परेका २५ वर्षीय जीवन बुडालको शव आफन्तले बुझ्न मानेका छैनन्।

घटना भएको ६ दिन बितिसक्दा पनि आफन्तहरूले शव बुझ्न नमानेका हुन्।

आफन्तहरूले बुडालको हत्या भएको र सोही अनुसार छानबिन भएर दोषीलाई कारबाहीको माग राख्दै शव बुझ्न नमानेको प्रहरीले जनाएको छ।

दशरथचन्द नगरपालिका–१० खडेनीका बुडाल गत शनिबार सोही नगरपालिकाको ६ नम्बर वडामा शेरामा मृत फेला परेका थिए।

सो दिन बिहान ११ जना साथीहरूसँगै पिकनिक मनाउन गएका बुडाल राति ९ बजे चौलानी नदीको बीच भागमा मृत फेला परेको थिए।

राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा कार्यरत बुडाल बिदामा घरमा आएका बेला पिकनिक गएका थिए।

परिवारले बुडालसँगै पिकनिक गएका ११ जना र जिप चालकसहित १२ जनाको नाममा किटानी जाहेरी दिएको थियो।

सोही अनुसार १२ जनालाई मंगलबार नै नियन्त्रणमा लिएर जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिए।

मृतक बुडालका आफन्तले घटनाको सत्यतथ्य छानबिनको माग गर्दै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलाई समेत ज्ञापनपत्र बुझाएका छन्।

परिवारले बुडालको हत्या भएकोले सोही अनुसार न्याय दिनुपर्ने भन्दै प्रशासनसमक्ष गुहार गरिरहेका छन्।


१८ फागुन २०७९, बिहीवार १७:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु