punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विदेशी कूटनीतिक नियोगको झोलामा सुन तस्करी !

Chaupati
safha napa

बीबीसी । भारतमा विदेशी कूटनीतिक निकायले प्रयोग गर्ने झोलामा सुन तस्करी भएको पाइएको छ । कुटनीतिक नियोगको झोलामा सुन तस्करी भएको पत्ता लागेपसँगै भारतमा राजनीतिक विवाद सुरु भएको छ।

भारतको दक्षिणी राज्य केरलास्थित एउटा अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयभित्र ३० किलोभन्दा बढी सुन लुकाएर राखिएको अवस्थामा भन्सार अधिकृतहरूले फेला पारेका थिए। झोलामा राखिएको सुन पुर्‍याउने ठेगानामा तिरुवनन्तपुरमस्थित संयुक्त अरब एमिरेट्स (यूएई) को वाणिज्य दूतावासको ठेगाना उल्लेख थियो।

यूएईले उक्त विषयमा आफूलाई केही थाहा नभएको र आफ्ना एक भूतपूर्व कर्मचारी पक्राउ परेको जनाएको छ। ती कर्मचारी भारतीय नागरिक हुन्। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार अर्का व्यक्तिलाई पनि पक्राउ परेका छन्। दिल्लीस्थित यूएईको दूतावासले मङ्गलवार एउटा ट्वीटमार्फत् विज्ञप्तिमा सार्वजनिक गर्दै घटनाबारे अनुसन्धान सुरु गरिएको बताएको छ।

भारतका लागि यूएईका राजदूतले आफ्नो काम राम्रोसँग नगरेका कारण केही महिनाअघि एक कर्मचारीलाई निकालिएको गल्फ न्यूजलाई बताएका छन्। दोषीहरूले ठूलो अपराध गर्नुका साथै भारतमा यूएईको नियोगको प्रतिष्ठा पनि धमिल्याउन खोजेकाले तिनलाई नछोडिने यूएईका अधिकारीहरूको धारणा दूतावासले सार्वजनिक गरेको छ।


२५ असार २०७७, बिहीवार ०४:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु