दक्षिण भारतीय अभिनेता सुशील गौडाले गरे आत्महत्या
एजेन्सी
दक्षिण भारतीय अभिनेता सुशील गौडाले आत्महत्या गरेका छन् । गौडा करनाटकका चर्चित अभिनेता हुन् । प्रहरीलाई उदृधृत गर्दै समाचार संस्था पिटिआइले जनाएअनुसार मांड्या जिल्लामा रहेको घरमै उनको शव बुधबार भेटिएको हो ।
प्रहरीले गौडाको मृत्युको कारण स्पष्ट नभएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । ३० वर्षका गौडाले एक टेलिभिजन सिरियलमा काम गरेका थिए र उनको एक चलचित्र प्रदर्शन हुन बाँकी छर सालागा नामको सो चलचित्रमा दुनिया विजय नायक छन् भने गौडाले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । सुशील गौडा अभिनेतासँगै जिम ट्रेनर पनि थिए ।
२५ असार २०७७, बिहीवार ०५:३१ बजे प्रकाशित













