punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एलपीएल :अत्तरियाको लोटस आइ र बौनियाको नव बालबाटिका विजयी

Chaupati
safha napa

धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग एलपीएल अन्तर्गत आठौँ दिन सम्पन्न दुई खेलमा लोटस आई स्कुल अत्तरिया र नव बाल बाटिका विद्या मन्दिर बौनिया विजयी भएका छन् ।

दिनको पहिलो खेलमा लोटस आई स्कुल अत्तरियाले भुवनेश्वरी विद्या मन्दिर महेन्द्रनगरलाई ६ विकेटले पराजित गर्‍यो । भुवनेश्वरीले दिएको ६४ रनको लक्ष्य लोटस आईले १०।३ ओभरमा ४ विकेट क्षतीमा भेटायो । लोटस आईको लागि योगेन्द्र भाटले सर्वाधिक १८, आयुब चन्दले १२ तथा प्रेम शाहले १० रन बनाए । भुवनेश्वरीका बलर कैलाश ऐरले २ तथा विपिन धामीले १ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिङ गरेको भुवनेश्वरीले १२।५ ओभरमा ६३ रन बनाउँदा सबै विकेट गुमायो । भुवनेश्वरीको लागि खगेन्द्र ठगुन्नाले २७ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

लोटस आईका बलर सन्तोष विजले एक्लैले ५ विकेट लिए । प्लेयर अफ द म्याच समेत घोषित उनले ३।५ ओभरमा मात्र ८ रन खर्चिए। वीरेन्द्र नाथ र हिक्मत महराले २र२ विकेट लिए।

दिनको दोस्रो खेलमा नव बाल बाटिका स्कुलले लिटल फ्लावर स्कुललाई ९ विकेटले पराजित गर्‍यो । लिटल फ्लावरले दिएको ९० रनको लक्ष्य नव बाल बाटिकाले १४।४ ओभरमा १ विकेट गुमाएर भेटायो ।

नव बाल बाटिकाको ब्याटिङमा नर बहादुर सार्कीले अविजित ४० तथा विराट सिंह भण्डारीले अविजित ३२ रन बनाए । दोस्रो विकेटको लागि नर र विराटले ८४ रनको साझेदारी गरे ।

यस अघि टस जितेर ब्याटिङ गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ८९ रन बनायो। उसको लागि नरेन भट्टले सर्वाधिक ३० रन तथा विपिन रावलले १९ रन बनाउनु बाहेक अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

नव बाल बाटिकाका बलर वीर बहादुर घर्ती मगरले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा १७ रन खर्चिए। नर बहादुर सार्कीले २ तथा प्रकाश जैसी र गजेन्द्र बोहराले १र१ विकेट लिए। वीर बहादुर घर्ती खेलको प्लेयर अफ द म्याच घोषित भए।

फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०र१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।


२८ माघ २०७९, शनिवार २०:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु