punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घोडाघोडीमा बिचल्ली परेको एक परिवारलाई पत्रकार मिश्रद्वारा खाद्यान्न, लत्ता कपडा र पाठ्य सामग्री हस्तान्तरण

Chaupati
safha napa

कैलाली । श्रीमानले एक बर्ष पहिले छोडेर गएपछि आर्थिक सङ्कटमा गुज्रिरहेको परिवारलाई पत्रकार प्रकाश मिश्रले खाद्यान्न, लत्ता कपडा र पाठ्य सामग्री उपलब्ध गराएका छन् ।

कैलालीको घोडाघोडी नगरपालिका ८ कि घुम्रा धामीको परिवारलाई मिश्रले तत्काल आवश्यक पर्ने सामाग्री उपलब्ध गराएका हुन् ।

सानै उमेरमा विवाह गरेर पाँच सन्तान भइसकेपछि श्रीमानले छोडेर बिचल्लीमा परेकाहरूका बिषयमा मर्निङबेलले ‘खानै नपाई मरिन्छ की भन्ने घुम्राको चिन्ता’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

त्यस लगत्तै पत्रकार मिश्रले उनीहरूलाई तत्कालको लागि आवश्यक पर्ने खाद्यान्न, लत्ता कपडा र पाठ्य सामग्री उपलब्ध गराएका हुन् ।

May be an image of 5 people, people standing, outdoors and tree

एनआरएन स्विजरल्याण्डका अध्यक्ष सुभायल्मर लामाको आर्थिक सहयोगमा मिश्रले उनीहरुका लागि सामाग्री हस्तान्तरण गरेका हुन् ।

मिश्रले समस्यामा परेकी घुम्रा धामीलाई चामल, सोयाविन दाल तेल, नुन, आलु हस्तान्तरण गरे । त्यस्तै ब्ल्यान्केट, तातो लुगा ,स्विटर, जुत्ता कापी र कलम पनि उपलब्ध गराए ।

May be an image of 4 people, people standing, footwear and outdoors

दुई छाक टार्न पनि समस्या भइरहेको परिवारले खाद्यान्न, लत्ता कपडा र पाठ्य सामाग्री पाएपछि निकै सहज हुने बताइन् ।

‘हामी दुखीहरूको केही छैन भन्ने लागेको थियो तर, तपाइहरूको सहयोगले हाम्रा दुख हेर्नेहरू पनि हुनुहुन्छ भन्ने भयो’ सहयोग सामाग्री बुझ्दै घुम्राले भनिन्, ‘तपाइहरूलाई धन्य होस् ।’

चिसोमा कठ्याग्रिरहेका बालबालिकाले न्यानो लुगा पाएपछि निकै उत्साहित थिए । उनीहरुले सहयोग गरेकोमा धन्यवाद भन्दै बुवालाई पनि ल्याइदिन आग्रह गरे ।

May be an image of 7 people, child, people standing, outdoors and tree

‘बुवाले छाडेर जानुभयो तपाइहरूले यस्तै सामान जस्तै गरि बुवालाई पनि ल्याइदिनुहोस् न’ १३ बर्सकी कविता धामीले भनिन्, ‘बुवाको धेरै याद आउँछ ।’

श्रीमानले छोडेपछि बिचल्लीमा परेकाहरूका लागि तत्कालको सहयोगले केही राहत मिल्ने पत्रकार मिश्रले बताए ।

‘उहाँहरूको दुस्खबारे एनआरएन स्विजरल्याण्डका अध्यक्ष सुभायल्मर लामा गम्भीर हुनुभयो । उहाँकै सहयोग लिएर म उहाँ आएको छु’ मिश्रले भने ‘यो सानो सहयोगले उहाँहरूलाई केही राहत हुने अपेक्षा गरेका छौँ ।’

पत्रकार मिश्रले यस अघि पनि समस्यामा परेका परिवारहरूलाई सहयोग गर्दै आइरहेका छन् । उनकै पहलमा अहिले घोडाघोडी ९ मा विद्यार्थीहरूका लागि भवन समेत निर्माण भइरहेको छ ।

 


२८ माघ २०७९, शनिवार २०:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु