punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादी निर्णय

Chaupati
safha napa

नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने भएको छ । यसका लागि पहल पनि यही पार्टीले गर्ने निर्णय गरिएको छ । माओवादी केन्द्रको शुक्रबार बसेको स्थायी कमिटी बैठकमा यस्तो निर्णय गरिएको हो ।

दलहरुबीच राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोजिने र यसका लागि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग पनि छलफल गर्ने निर्णय माओवादी केन्द्रले गरेको हो ।

पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बैठकपछि दलहरुसँग आफूहरुले छलफल गर्ने र सहमतिको प्रयास गर्ने बताएका हुन् ।

उनले राष्ट्रपति चयनका लागि २५ फागुनदेखि २८ फागुनसम्म निर्वाचन हुने पनि बताएका छन् ।

तर, यो सहमतिको खोजी गर्दा सत्ता साझेदार दल नेकपा एमालेलाई माओवादी केन्द्रले रुष्ट बनाउन सक्ने अनुमानसमेत गरिएका छन् । महराले भने यसले एमालेले यसलाई धोका दिएको अर्थमा लिन नहुने बताएका छन् । यसअघि नेकपा एमालेले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव तथा समर्थन गर्दा भएको भागवण्डामा नेकपा एमालेले राष्ट्रपति पद लिने सहमति भएको थियो ।

तर, नेपाली कांग्रेसले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिए पछि राष्ट्रपतिमा राष्ट्रिय सहमतीको विषय उठाएको छ । यसमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड सकारात्मक देखिएका छन् ।


१३ माघ २०७९, शुक्रवार १८:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु