punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सन्दीप लामिछाने राष्ट्रिय टोलीमा परेनन्

Chaupati
safha napa

त्रिदेशीय शृङ्खलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले २८ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ भने सन्दीप लामिछाने टोलीमा परेका छैनन्।

बलात्कारको आरोप लागेका लामिछाने पुर्पक्षका लागि धरौटीमा रिहा भएपछि राष्ट्रिय टोलीमा समावेश गर्ने विषयमा क्यानले छलफल गरेको थियो। क्यानले आईसीसीसँगै कानून व्यवसायीसँग सुझाव मागेको थियो। आईसीसीले नेपालको कानून अनुसार गर्न सुझाव दिएको थियो।

अन्तिम समयमा आएर क्यानले लामिछानेलाई टोलीमा समावेश नगर्ने निर्णय गरेको हो। राष्ट्रिय टोलीका कप्तान लामिछाने बलात्कारको आरोप लागेपछि निलम्बनमा परेका थिए।

नेपालले आईसीसी लिग(२ अन्तर्गत फागुन २ देखि ९ गतेसम्म नामिबिया र स्कटल्यान्डसँग त्रिदेशीय शृङ्खला आयोजना गर्दै छ। काठमाडौंको त्रिवि क्रिकेट मैदानमा प्रतियोगिता हुनेछ।

यसका लागि क्यानले कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलसन झा, करण केसी, सोमपाल कामी, शरद भेषवाकर, ललित राजवंशी, विनोद भण्डारी, सागर ढकाल, सन्दीप जोरा, किशोर महतो, कमलसिंह ऐरी, सिद्धान्त लोहनी, अर्जुन साउँद, अविनाश बोहरा, सूर्य तामाङ, विवेक यादव, भीम सार्की, कुशल मल्ल, मौसम ढकाल, अनिल शाह, विक्रम शोव, भुवन कार्की र अंकित सुवेदीलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो।


१३ माघ २०७९, शुक्रवार १८:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु