punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पहिलो पटक घोडाघोडीमा लाटोकोसेरो तथा हुचिल महोत्सव हुने

Chaupati
safha napa

कैलाली । मुलुकबाट लोप हुँदै गइरहेको लाटोकोसेरो तथा हुचिल संरक्षणको निम्ति सुदूरपश्चिम प्रदेशमा पहिलो पटक ‘नेपाल लाटोकोसेरो तथा हुचिल महोत्सव २०७९’ हुने भएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका वडा नं। ४ घोडाघोडी वर्ड सेन्चुरी क्षेत्र रहेको माघी गाउँमा माघ २० र २१ गते लाटोकोसेरो तथा हुचिल महोत्सव हुने भएको हो ।
आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको तयारी सुरु भइसकेको जानकारी गराइएको हो ।

चरा संरक्षण नेटवर्क, कैलाली र प्रकृतिका साथीहरू संस्थाको आयोजनामा १० औं संकरणको रुपमा घोडाघोडीमा महोत्सव आयोजना हुन लागेको हो ।
किसानको साथीका रुपमा परिचित लाटोकोसेरोको संरक्षण गर्न महोत्सवको आयोजना गर्न लागिएको चरा संरक्षण नेटवर्क, कैलालीका अध्यक्ष डिआर चौधरीले जानकारी दिए ।
उक्त महोत्सव निःशुल्क अवलोकन गर्न पाइने जनाइएको छ ।

नेपालमा २३ प्रजातिका लाटोकोसेरा पाइन्छ । पछिल्लो समय अवैध चोरी सिकारी, बन जङ्गलमा हुने डढेलो तथा विषादीको अत्यधिक प्रयोगले लाटोकोसेरो लोप हुँदै गइरहेका छन् ।

घोडाघोडीमा लाग्ने २ दिने महोत्सवले यसको संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको छ । यस अघि मुलुकका बिभिन्न ठाउँमा यस्तो महोत्सव हुँदै आएको भएपनि सुदूरपश्चिम प्रदेशमा पहिलो पटक यस्तो महोत्सव आयोजना गर्न लागिएको हो ।


१३ माघ २०७९, शुक्रवार १९:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु