सुदुरपश्चिमका मुख्यमन्त्री रावलद्वारा पदभार ग्रहण
कैलाली । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र सिंह रावलले पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्री रावलले कैलालीको धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगी आज बिहीबार पदबहाली गरेका हुन् ।
मुख्यमन्त्री रावल कंचनपुरबाट निर्वाचित समानुपातिक सांसद हुन् । उनले आजै आफ्नो मन्त्रिपरिषद्मा दुई मन्त्री नियुक्त गरेका छन् । नेकपा माओवादी केन्द्रबाट डडेल्धुराका खगराज भट्ट र नेकपा एमालेबाट कैलालीकी सन्तोष शर्मा थापा बिनाविभागीय मन्त्री बनेका हुन् ।
उनीहरुलाई पनि आजै मुख्यमन्त्री रावलसँगै प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनियताको शपथग्रहण गराएका थिए ।
२८ पुस २०७९, बिहीवार १८:२१ बजे प्रकाशित































