सुदूरपश्चिम मुख्यमन्त्रीसहित एमाले र माओवादीका एक-एक सांसदले लिए शपथ
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख देवराज जोशीले रावललाई शपथ दिलाएका हुन् ।
लगत्तै रावललेले दुई जना विना विभागीय मन्त्रीलाई पनि शपथ गराएका छन् । मुख्यमन्त्री रावलले नेकपा एमालेबाट कैलालीकी सन्तोष शर्माथापा र सत्ता साझेदार माओवादी केन्द्रबाट डडेल्धुराका खगराज भट्टलाई मन्त्री नियुक्त गरेका छ्न् ।
५३ जना सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका रावललाई २९ सांसदको समर्थन रहेको छ । एमालेका १० सहित माओवादी केन्द्रका ११ नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसदको समर्थनमा रावल संविधानको धारा १६८ को २ अनुसार आज बिहिवार मुख्यमन्त्री नियुक्त भएका हुन् ।
२८ पुस २०७९, बिहीवार १७:३८ बजे प्रकाशित































