सन्दीप लामिछाने धरौटीमा रिहा
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने रिहा हुने भएका छन् । उच्च अदालत पाटनले उनलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनी उक्त रकम बुझाए पछि भोलि रिहा हुनेछन् ।
बलात्कार मुद्दामा पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा हुने भएका हुन् ।
न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो ।
२८ पुस २०७९, बिहीवार १९:१० बजे प्रकाशित































