सुदूरपश्चिममा थप १० जनामा कोरोना पुष्टि
धनगढी, असार २०। सुदूरपश्चिमको धनगढीमा भएको परीक्षणमा आज थप १० जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा ६ पुरुष र चार महिला गरी १० जनामा कोरोना पुष्टि भएको हो।
महाकाली नगरपालिका कञ्चनपुरका चार, डोटीका तीन, धनगढी उप–महानगरपालिका वडा नम्वर २ का एक, बैतडीको दशरथचन्दका एक जना र अछामको चौरपाटी गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
उनका अनुसार पछिल्लो २४ घण्टामा दुई सय १७ जनाको कोरोना परीक्षण भएको छ। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार पाँच सय ४५ पुगेको छ। प्रदेशमा हालसम्म आठ जनाको मृत्यु भइसकेको छ भने पाँच सय ७२ जना डिस्चार्ज भएका छन्।
२० असार २०७७, शनिवार ०९:५० बजे प्रकाशित













