कार्यालयमै परस्त्रीसंग भेटिए वडाध्यक्ष, मध्यरातमा प्रहरीले समात्यो
सल्यान, असार २० । सल्यानमा एक वडाध्यक्ष कार्यालयमै परस्त्रीसंग भेटिएका छन् । त्रिवेणी गाउँपालिका –४ का वडाध्यक्ष छविलाल शर्मा वडा कार्यालयमै परस्त्रीसंग मध्यरातमा भेटिएका हुन् ।
कार्यालयमै यौनजन्य क्रियाकलाप भेटिएपछि वडाध्यक्षलाई कारबाहीको माग गर्दै सल्यानमा स्थानीयहरु आन्दोलित भएका छन् । श्रीमान विदेश रहेका ती महिलासंग लामो समयदेखि अबैध सम्बन्ध राख्दै आएका वडाध्यक्ष शर्माले सोही दिन पनि घरबाट मोटरसाइकलमा राखेर लगेपछि स्थानीयले पिछा गरेका थिए ।
महिलालाई वडाध्यक्षले वडा कार्यलयमा लगेपछि स्थानीयले दुबैजना बसेको कोठामा बाहिरबाट चुक्कुल लगाईदिएपछि प्रहरीले रातको एक बजे महिलासहित वडाध्यक्षलाई ईलाका प्रहरी कार्यालय लुहाम पु¥याएको थियो । वडाध्यक्षले वडा कार्यालयमा तोडफोड भएको भन्दै खबर गरेपछि प्रहरी आएको थियो ।
सार्वजनिक पदधारण गरेको व्यक्तिले खुलेआम वडा कार्यालयमै यौनजन्य क्रियाकलाप मच्चाउँदा कारबाही गर्नुको साटो प्रहरीले उल्टै छाडेको भन्दै स्थानीय आन्दोलित बनेका हुन् । प्रहरीले भने यसबारेमा अनुसन्धान भइरहेको जनाएको छ ।
२० असार २०७७, शनिवार १०:३७ बजे प्रकाशित













