अयडीको हत्या विरोधमा बाजुरामा यातायात सेवा बन्द
बाजुरा । अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष चेतन अयडीको हत्या विरोधमा बाजुरामा यातायात सेवा बन्द गरिएको छ ।
मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका दिन भएको विवादलाई लिएर त्रिवेणी नगरपालिका ७ का अयडीमाथि घरमै कुटपिट गरिएको थियो । उनको उपचारका क्रममा बयलपाटा अस्पतालमा निधन भएको थियो ।
घटना भएको एक महिना बित्दा समेत हत्यामा संलग्नलाई कारवाहीको दायरामा नल्याइएको भन्दै अनेरास्ववियुले शनिबार साँझदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन् ।
३ पुस २०७९, आइतवार ०९:१८ बजे प्रकाशित































