सुदूरपश्चिम महोत्सवको तयारी अन्तिम चरणमा, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने
धनगढीमा यही मङ्सिर २२ गतेदेखि लाग्ने सुदूरपश्चिम महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। कैलाली उद्योग वाणिज्य सङ्घले आज पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।
यस पटक पनि अघिल्लो पटक लागेकै स्थान धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा महोत्सवको आयोजना हुन लागेको छ । त्यसको ९० प्रतिशत तयारी पुरा भइसकेको उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए।
‘महोत्सवको तयारी ९० प्रतिशत पुरा भइसकेको छ भोली साँझसम्म सबै तयारी पुरा हुने छ।’ उनले भने। अध्यक्ष कुँवरका अनुसार महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका हुन्।
दुई करोडको लगानीमा महोत्सव लागिरहेको र यो महोत्सवबाट व्यवसायीले ५ देखि ७ करोडको कारोबार गर्ने अध्यक्ष कुँवरले बताए। सुदूरपश्चिम महोत्सव सबैका लागि चाडपर्व जस्तै भएकाले मिलेर सम्पन्न गर्न उनले आग्रह गरेका छन्
२० मंसिर २०७९, मंगलवार १९:१५ बजे प्रकाशित































